नेकपा सचिवालय बैठक सुरु

नेकपा सचिवालय बैठक सुरु


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणपछि बल्ल बैठक बस्न लागिएको नेताहरुले बताएका छन् । बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल हुने बुझिएको छ ।

यस्तै, बैठकमा सम्भवतः राजनीतिक प्रतिवेदनका विषयमा पनि छलफल हुने बताइएको छ ।