‘हत्या’को विरोधमा विप्लवद्वारा ‘बन्द’ आह्वान

‘हत्या’को विरोधमा विप्लवद्वारा ‘बन्द’ आह्वान


वर्तमान सरकारले देशलाई भयानक भिडन्ततर्फ धकेल्न लागेको आरोप नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले लगाएका छन् । आफ्नो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको सरकारले मुठभेडको बहानामा हत्या गरेको दाबी गर्दै सो घटनाको विरोधमा प्रेस विज्ञप्ति प्रकाशित गर्दै विप्लवले यस्तो आरोप लगाएका हुन् ।

पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै विप्लवले सो घटनाको विरोधमा आगामी मंगलबार (असार १०) ‘नेपाल बन्द’ आह्वान गरेका छन् ।

कुमार पौडेललाई पार्टीले ‘महान् शहीद’ घोषणा गरेको उल्लेख गर्दै विप्लवद्वारा जारी विज्ञप्तिमा असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा तथा घरदैलो कार्यक्रम, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्द उल्लेख गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति–