धादिङमा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु

धादिङमा बोलेरो दुर्घटना हुँदा चारको मृत्यु


धादिङमा शुक्रबार जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । सिरुबारीबाट बैरेनीतर्फ जाँदै गरेको बोलेरो जिप गल्छी गाउँपालिका– ६ बाँझगाउँमा दुर्घटना हुँदा त्यसमा सवार चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा.१८ च ९४०८ नम्बरको सो जिप दुर्घटनामा अन्य १० जना घाइते भएको बताइएको छ । दुर्घटना अत्यधिक गतिका कारण अनियन्त्रित भई भएको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक र घाइतेको सनाखत हुन सकेको छैन भने घटनाबारे थप अन्य विवरण आउन बाँकी छ ।