विश्व शान्ति र समृद्धिका लागि साँस्कृतिक सहकार्यमा जोड

विश्व शान्ति र समृद्धिका लागि साँस्कृतिक सहकार्यमा जोड


■ घटना र विचार सम्वाददाता, चीन

विश्वको बदलिदो परिस्थिति अनुसार विभिन्न सभ्यताहरूबीच संवाद, छलफल र अन्तरक्रिया आवश्यक रहेकोमा चिनियाँ नेता एवम् उच्च अधिकारीहरूले जोड दिएका छन् ।

चीनको राजधानी बेईजिइमा आयोजित अन्र्तराष्ट्रिय संस्कृति सम्मेलनमा धारणा राख्दै चिनिया कम्युनिष्ट पार्टीका प्रचार विभागका प्रतिनिधि एवम् छायोयाइग (Chhaoyang) जिल्ला सरकारका अधिकारी लुभ लानले बहुसाँस्कृतिक विश्वमा शान्ति र समृद्धिका लागि गहन छलफल र आदानप्रदानको जरुरी रहेको बताउनुभयो । सँस्कृतिहरूबीच द्वन्द्व नभई आपसी सहकार्य र सम्वादले मात्र विश्व समुदायको आकांक्षा पूरा गर्न सकिने उहाँको भनाई थियो ।

यस्तैगरी सम्मेलनमा धारणा राख्दै प्रचार विभागका प्रतिनिधि एवं छायोयाईग (Chaoyang) सरकारका अर्का अधिकारी पान जीइगले विश्व समुदायको साझा लक्ष्य हासिल गर्नकोलागि चीनले विभिन्न सस्कृति र परम्पराबीचको हार्दिक सम्बन्ध एवं सास्कृतिक आदानप्रदानमा विशेष जोड दिएर काम गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ विश्वविद्यालयबाट सञ्चार एवं विश्व व्यवस्थामा विद्यावारिधि गर्नुभएका बुद्धिप्रसाद शर्माले विश्वका विभिन्न संस्कृतिहरू एवम् चिनियाँ संस्कृति तथा परम्पराबारे गहन विश्लेषण गर्दै पछिल्लोपटक चीनले साँस्कृतिक आदानप्रदानमा गरेको कार्य एवम् भूमिका निकै प्रशंसनीय रहेको चर्चा गर्नुभयो । सम्मेलनमा धारणा राख्ने विभिन्न वक्ताहरूको निजोड नया सन्दर्भमा साँस्कृतिक आदानप्रदान र संवादलाई बढाएर विश्व शान्ति, मेलमिलाप र समृद्धिको लागि योगदान एवं हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मलेनमा चिनियाँ अधिकारीहरू, विभिन्न क्षेत्र सम्वद्य प्रतिनिधिहरू एवं चिनियाँ सञ्चार विश्वविश्द्यालयबाट अध्ययन पूरा गरेका एवम् गरिरहेका विश्वका विभिन्न देशहरूबाट आएका विद्यार्थीहरू समेत सहभागी भएका थिए् । सम्मेलन अघि सहभागीहरूलाई छिपुयी डि (Chhipuyi Di) पार्कमा अवस्थित विभिन्न व्यापारिक औद्योगिक स्थलहरू, चिनियाँ संस्कृतिको झल्को दिनेगरी बनाइएका निर्माण एवम् फेसन डिजाइन स्थलहरूको भ्रमण गराइएको थियो । भ्रमणदलमा सहभागीहरूले शान्ति, एकता, विकास र मेलमिलापमा चिनियाँ प्रयाश सकरात्मक र अर्थपूर्ण रहेको धारणा राखेका थिए ।