राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र राई नियुक्त

राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्र राई नियुक्त


राष्ट्रिय टिम तयारीको निर्देशकमा महेन्द्रकुमार राई नियुक्त भएका छन् । राष्ट्रिय खेलकुद परिषदले असार ४ देखि लागु हुनेगरी राईलाई निर्देशक पदमा नियुक्त गरेको हो । यसभन्दा अघि राई खेलकुद विज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत थिए ।

राईलाई राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागमा दरवन्दि रहनेगरि रिक्त निर्देशक पदमा नियुक्त गरिएको राखेपका सदस्यसचिव केशवकुमार बिष्टद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

२०५२ सालमा कराते प्रशिक्षकको रुपमा ताप्लेजुङबाट राखेपको सेवा प्रवेश गरेका राई २०६३ सालमा द्वित्तीय श्रेणीको रुपमा वरिष्ठ प्रशिक्षकको रुपमा पदोन्नति भएका थिए ।

त्यस्तै काठमाडौं जिल्ला खेलकुद विकास समितिमा प्रशिक्षण विभाग प्रमुखमा कार्यरत रहँदा राईलाई तत्कालीन सदस्यसचिव युवराज लामाले तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकमा पदोन्नती गरेका थिए । २०७४ सालदेखि राई नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा उपनिर्देशकको रुपमा कार्यरत थिए ।