बंगलादेशले अष्ट्रेलियाविरुद्ध उलटफेर गर्न सक्ला ?

बंगलादेशले अष्ट्रेलियाविरुद्ध उलटफेर गर्न सक्ला ?


आईसीसी विश्वकप २०१९ अन्तर्गत आज (५ असार) अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । तुलनात्मक रुपमा बंगलादेशभन्दा अष्ट्रेलिया बलियो मानिए पनि यो विश्वकपमा बंगलादेशले गरेको उत्कृष्ट प्रदर्शन अष्ट्रेलियाको लागि असहज बन्न पुगेको छ ।

यो विश्वकपमा आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेर सनसनी फैलाएको बंगलादेशले पछिल्लो खेलमा वेष्टइन्डिजलाई समेत पराजित गरेको थियो । विश्वकपमा उत्कृष्ट प्रदर्शन आएको बंगलादेश यतिबेला निकै आत्मविश्वासी बनेको छ । यही कारण अष्ट्रेलियालाई पनि बंगालदेशले ठूलो चुनौती दिने अड्कल काटिएको छ ।

विश्वकपमा दुई सशक्त राष्ट्रहरु दक्षिण अफ्रिका र वेष्टइन्डिजलाई पराजित गरेर सनसनी फैलाएको बंगलादेशले आज कस्तो प्रदर्शन गर्छ त्यो प्रतिक्षाको विषय बनेको छ । यदि आज बंगलादेश विजयी भएमा अन्तिम चारमा पुग्ने ढोका खुल्नेछ ।

आजको खेलमा अष्ट्रेलिया टीममा एरोन फिन्च (कप्तान), जेसन बेहरनडार्फ, एलेक्स कैरी (विकेटकीपर), नाथन कल्टर नाइल, पेट कमिन्स, उस्मान ख्वाजा, नाथन लायन, शान मार्श, ग्लैन मैक्सवेल, केन रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क, मार्कस स्टोइनिस, डेविड वार्नर र एडम जाम्पा रहेका छन् ।

त्यस्तै, बंगलादेशी टीममा मशरफे मुर्तजा (कप्तान), तमीम इकबाल, सौम्य सरकार, शब्बीर रहमान, रुबेल हुसैन, मुस्तफिजुर रहमान, अबु जायेद, महमदुल्ला, मोहम्मद सैफुद्दीन, मोसद्दक हुसैन, शाकिब अल हसन, मेहेदी हसन, लिटन दास (विकेटकीपर), मुश्फीकुर रहीम (विकेटकीपर) र मोहम्मद मिथुन रहेका छन् ।