फिजियो पेट्रिक फरहार्टले टीम इन्डिया छोड्ने

फिजियो पेट्रिक फरहार्टले टीम इन्डिया छोड्ने


भारतीय क्रिकेट टीमका फिजियो पेट्रिक फरहार्टले विश्वकप २०१९ पछि टीम इन्डियासँग आफ्नो करार समाप्त गर्ने जानकारी दिएका छन् । पेट्रिकले आफ्नो निजी कारण देखाउँदै टीम इन्डियासँग छुट्टिने निर्णय गरेका हुन् ।

पेट्रिकले बीसीसीआईलाई समेत यसबारे जानकारी गराएका छन् । पेट्रिकको सम्झौता अगाडि नबढाउने जानकारी गराएपछि बीसीसीआईले उनलाई विश्वकप क्रिकेट समापनसँगै आयोजना हुने वेष्टइन्डिज र भारतको क्रिकेट सिरिजसम्म टीम इन्डियामै रहन अनुरोध गरेको बुझिएको छ ।

पेट्रिक टीम इन्डियाका सबैभन्दा सफल फिजियो मानिन्छन् । उनी टीम इन्डियामा फिजियोको जादुगरको रुपमा पनि परिचित छन् । पेट्रिक पछिल्लो चार वर्षदेखि टीम इन्डियाको फिजियोको रुपमा कार्यरत छन् ।