विश्वकप २०१९ मा हिट विकेट आउट हुने गुप्टिल पहिलो खेलाडी

विश्वकप २०१९ मा हिट विकेट आउट हुने गुप्टिल पहिलो खेलाडी


विश्वकप क्रिकेट २०१९ अन्तर्गत दक्षिण अफ्रिका र न्यूजील्यान्डबीच भएको सनसनीपूर्ण खेलमा न्यूजील्यान्ड विजयी भएको छ । न्युजील्यान्ड अन्तिम ओभरमा विजयी बनेको हो । यो विजयसँगै ५ खेलमा ९ अङ्क जोड्दै न्यूजील्यान्ड अंक तालिकाको शीर्ष स्थान ओगट्न सफल भएको छ ।

वर्षाले प्रभावित उक्त खेलमा पहिलो व्याटिङ गर्दै दक्षिण अफ्रिकाले २ सय ४१ रन बनाएको थियो । यो सम्मानजनक स्कोर खडा गर्न दक्षिण अफ्रिकाको तर्फबाट रासी डुसेन र हासिम अमलाले अर्धसतकिय पारी खेलेका थिए ।

प्रतिउत्तरमा ब्याटिङ गर्न आएको न्यूजिल्यान्डले ४८.३ ओभरमा उक्त लक्ष्य भेट्टाउँदै दक्षिण अफ्रिका निरस बनाएको थियो । न्यूजील्यान्डको तर्फबाट कप्तान केन विलियम्सनले अविजित १ सय ३ रन बनाएका थिए । उनले न्यूजिल्यान्डलाई विजयी बनाउन छक्का प्रहार गरेका थिए । त्यस्तै न्यूजिल्याण्डका अलराउण्डर कोलिन डी ग्रान्डहोमले अर्धसतकीय पारी खेलका थिए ।

त्यस्तै विश्वकपको इतिहासमा हिट विकेट आउट हुने सूचीमा न्यूजील्यान्डका खेलाडी गुप्टिल परेका छन् । उनी विश्वकपमा हिट विकेट आउट १०औं खेलाडी बनेका छन् भने विश्वकप २०१९ मा पहिलो ।