उपत्यकाबाट नेकपाका पाँच नेता पक्राउ

उपत्यकाबाट नेकपाका पाँच नेता पक्राउ


नेपाल कम्युनिस्ट पार्टी (नेत्रविक्रम चन्द ‘विप्लव’ समूह)का पाँचजना नेता पक्राउ परेका छन् । उनीहरूलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु प्रहरीले कठमाडौं उपत्यकाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछापका पार्टी इन्चार्ज कुलदीप तामाङ, दोलखा इन्चार्ज यादव दाहाल, सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ ब्युरो अध्यक्ष मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ रहेका छन् ।

पक्राउ परेकामध्ये कुलदीप भक्तपुरबाट र अन्य भने काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट प्रतिबिन्धत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पर्चा भेटिएको छ ।