सम्मरी माईमा अनलाइन घटना दर्ता शुरु

सम्मरी माईमा अनलाइन घटना दर्ता शुरु


■ असलम खान, मर्चवार (रुपन्देही)

रुपन्देहीको मर्चवारस्थित सम्मरी माई गाउँपालिकाले पहिलोपटक अनलाइन घटना दर्ता शुरु गरेको छ।

सम्मरी माई गाउँपालिका वडा नं. ५ रोइनिहवा वडा कार्यलयमा एक कार्यक्रम गरी सेवाग्राहीलाई अनलाइनमार्फत भएको जन्म दर्ता हस्तान्तरण गरिएको थियो ।

उदघाटन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य अष्टभुजा पाठकले गाउँपालिकाले निकै सह्राहनीय कार्यको शुरुआत गरेको र आफुले जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै सम्मरी माई गाउँपालिकाका प्रमुख प्रशासकीय टेकराज भट्टराईले यो अनलाइन घटना दर्ता मर्चवारमा सबभन्दा पहिला सम्मरी माईले सुरु गरेको र विद्युत र नेटको अभावको कारणले गर्दा हामीलाई चुनौती पनि रहेको बताए। साथसाथै कार्यक्रममा सहभागी भएका प्रदेशसभा सदस्य अष्टभुजा पाठक संग विद्युत र नेटको बारेमा सदनमा पनि अवाज उठाई दिनको लागि अग्रह गरेका छन्।

सोही कार्यक्रममा बोल्दै सम्मरी माई गाउँपालिका प्रमुख जितेन्द्रनाथ शुक्ला (बब्लु)ले सम्मरी माईका सबै कर्मचारीहरुलाई धन्यवाद दिँदै अब सम्मरी माई गाउँपालिकालाई रुपन्देहीकै नमुना गाउँपालिका बनाउनको लागि दाबी गर्नु भयो।

कार्यक्रम वडा नम्बर ५ का अध्यक्ष श्रवणकुमार यादवको सभापतित्वमा सम्पन्न भएको थियो।