साटाको अध्यक्षमा पुनः निलेन्द्र

साटाको अध्यक्षमा पुनः निलेन्द्र


नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले दक्षिण एशियाली ट्राइयाथलन संघ (साटा) को अध्यक्षमा निरन्तरता पाएका छन् । दक्षिण कोरियाको ग्योङ्गजुमा भएको दक्षिण एशियाली ट्राइयाथलन संघको साधारणसभाले श्रेष्ठलाई पुनः ४ वर्षका लागि अध्यक्षमा निरन्तरता प्रदान गरेको हो ।

त्यस्तै संघको उपाध्यक्ष्यमा मालदिभ्सका माहिद सरिफ, महासचिवमा भारतका राकेश गुप्ता, कोषाध्यक्षमा बंगलादेशका महमुदुल करिम र सदस्यमा श्रीलङ्काका साम विक्रमासिंघे रहेका छन् ।

दक्षिण एशियाली ट्राइयाथलन संघको अध्यक्षमा निर्वाचित भएपश्चात श्रेष्ठ एशियाली ट्राइयाथलन महासंघको सदस्यमा मनोनित हुनेछन् । एशियन ट्राइयाथलनको साधारण सभामा सहभागिता जनाउन अध्यक्ष श्रेष्ठ र सचिव ललित कुमार लामा हाल दक्षिण कोरियामा रहेका छन् ।