■ श्याम क्षत्री, जापान
कुटपिटमा संलग्न रहेको अभियोगमा टोकियोमा एक महिलासहित चारजना नेपाली पक्राउ परेका छन् ।
उनीहरुले गत महिनाको ५ तारिख राती टोकियोको सिन्जुकुकु को ह्याकुनिन्च्योस्थित बोटोमा एक १९ वर्षीय नेपाली युवकलाई कुटपिट गरी अनुहारको हड्डी नै भाँचिदिएको बताइएको छ ।
२७ वर्षीय दिलिप लामा तथा सुनिता शाही सँगै अन्य दुईजनालाई पनि पक्राउ गरिएको बताइएको छ । टोकियो महानगरीय प्रहरीका अनुसार घाइतेलाई त्यसका अलावा अन्य गम्भीर चोटपटक पनि लागेको छ ।
पक्राउ परेकामध्ये लामा टोकियो ब्रदर नामक ग्रुपसँग आवद्ध रहेको बतइएको छ ।
प्रतिक्रिया