१४ वर्षपछि सी जिनपिङ उत्तर कोरियामा

१४ वर्षपछि सी जिनपिङ उत्तर कोरियामा


१४ वर्षपछि पहिलो पटक सी जिनपिङले उत्तर कोरियाको भ्रमण गर्दैछन् । बिहीबारदेखि हुने दुई दिने राजकीय भ्रमणमा उत्तर कोरियाली नेता किम जोङ उनसँग कोरियाली प्रायद्वीपले झेलिरहेको आर्थिक समस्या र उसको आणविक कार्यक्रमबारे छलफल गर्ने कार्यक्रम रहेको बीबीसीले जनाएको छ ।

सी सन् २०१२ देखि सत्तामा छन् र उनसंग चीनमा चार पटक भेट भए पनि सी भने अहिलेसम्म उत्तर कोरिया गएका थिएनन् । कुनै पनि चिनियाँ राष्ट्रपतिबाट १४ वर्षसम्म उत्तर कोरियाको भ्रमण हुन नसकेका अवस्थामा सीले आँट गरेका हुन् ।

दुई देशबीच लामो मित्रता रहे पनि पछिल्लो समय आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघले लगाएको आर्थिक प्रतिबन्धमा चीनले समर्थन जनाउँदा केही चिसोपना आएको छ ।