आयुर्वेद औषधालय स्थापनाको माग

आयुर्वेद औषधालय स्थापनाको माग



■ दिलिपकुमार यादव, कपिलवस्तु

प्रदेश नं. ५ का सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डेयले कपिलवस्तुको चारवटा स्थानीय तहमा आयुर्वेद औषधालय रहेकोमा बाँकी सबै पालिकाहरुमा आयुर्वेद औषधालय स्थापना गर्न सम्बद्ध निकायमा अनुरोध गरेका छन् । प्रदेश सरकारले आयुर्वेदलाई प्रथामिकतामा राखेको उनको भनाई छ । बुधबार आयोजित एक अभिमुखीकरण कार्यक्रमबीच उनले यस्तो अनुरोध गरेका हुन् ।

जिल्लाका आयुर्वेद स्वास्थ्यसाग सम्बद्ध रहेका हरेक संस्थाहरुको नीति निर्माणमा प्राथमिकीकरण गर्न तथा स्थानीय आयुर्वेद सम्बन्धमा अनविज्ञता रहेकाले हरेक गाउँ–गाउँमा आयुर्वेद सेवा पुराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डाक्टर आअर्चना शुक्लाले बताइन् ।

जिल्लामा आयुर्वेदका क्षेत्रमा देखिएका समस्या, चुनौती, भावी योजना र तत्काल गर्नुपर्ने कार्य लगायका विषयमा कार्यालय प्रमुख शुक्लाले अझै पनि जिल्लाका सबै क्षेत्रमा आयुर्वेद सेवा पुऱ्याउन नसकेको बताए । अभिमुखीकरण कार्यक्रममा विशिष्ट अतिथीको रुपमा बोल्दै प्रदेश नं. ५ का प्रदेशसभा सदस्य सहसराम यादवले आयुर्वेद क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने औंल्याए ।

आयुर्वेद पद्धतिबाट बिरामीको औषधी उपचार गर्दा दुष्प्रभावरहित उपचार हुने र मानिसलाई दीर्घ जीवन बाँच्न सहज हुने भन्दै आयुर्वेद सेवाको विकास र विस्तार गर्नुपर्नेमा यादवले जोड दिए । उनले कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको थप विकासका लागि पहल गर्ने उल्लेख गरे ।

यस्तै, जिल्लाका १० वटै स्थानीय तहहरुको प्रतिनिधित्व गरी कार्यक्रमा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारुले जनता आयुर्वेद सेवाको पहुँचबाट टाढा रहेको गुनासो गरे ।

जिल्लाका सबै ठाउँमा आयुर्वेदको सहज पहुँच नहुँदा अझै पनि अधिकांश जनताले निजीी आयुर्वेद क्लिनिकबाट चर्को मुल्यमा औषधि किन्न बाध्य भएको उनको भनाई थियो। नगरप्रमुख थारुले स्थानीय जनतालाई सहज सेवा दिन अब प्रत्येक स्थानीय तहमा आयुर्वेद शाखा केन्द्रको स्थापना गर्नुपर्ने बताए। साथै आयुर्वेदका क्षेत्रमा कुनै पनि नीति निर्माण तथा बजेट विनियोजन गर्न आफुले कुनै कसर बाँकी नराख्ने तथा सबै पालिकाहरुले पनि यस्तै गर्नुपर्ने धारणा उनल े अघि सारे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य निर्देशनालय प्रदेश नं ५ का कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा.। बुद्धिप्रसाद पौडेलले हाल विश्वमा जटिल समस्याको रुपमा रहेको नसर्ने रोग ब्यवस्थापनमा आयुर्वेद सेवाले महत्पूर्ण भूमिका खेल्ने बताए। उनले रोग लाग्नुको मुख्य कारण शारीरिक निस्क्रियता तथा अस्वस्थकर खानपान र मानसिक तनाव रहेको भन्दै नसर्ने रोगको जोखिमबाट बच्नका लागि खानपान तथा शारीरिक सक्रियता आवश्यक पर्ने उल्लेख गरे ।

सामाजिक विकास मन्त्रालय बुटवलका श्रोत व्यक्ति गणेश भट्टराईले आयुर्वेद चिकित्सा पद्दतिको संरक्षणका लागि संवैधानिक तथा नीतिगत ब्यवस्थाको बारेमा जोड दिँदै प्रत्येक स्थानीय तहले आयुर्वेद संस्था स्थापना तथा कार्यक्रममा सहयोग गर्नुपर्ने बताए ।

कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा भएको कार्यक्रममा जिल्लाका स्थानीय तहहरुका प्रमुख तथा प्रतिनिधिविबिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र जिल्लास्थित क्रियाशील पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।