गुठी विधेयक फिर्ता, तर आन्दोलन यथावत्

गुठी विधेयक फिर्ता, तर आन्दोलन यथावत्


चौतर्फी आलोचना र विवादपछि गुठीसम्बन्धी विधेयक सरकारले फिर्ता लिए पनि गुठीयारहरूले आन्दोलन फिर्ता लिएका छैनन् । गुठी र यससँग जोडिएका संस्कार एवम् संस्कृतिको जगेर्ना हुनुपर्ने माग गर्दै राजधानीका विभिन्न ठाउँबाट बुधबार जुलुसहरू निस्किएका छन् ।

ती जुलुसहरू माइतीघरमण्डलामा गएर संयुक्त प्रदर्शन गर्ने उनीहरूको कार्यक्रम छ । ठाउँठाउँबाट जुलुस निस्किएका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

सरकारले ल्याएको गुठी विधेयकको सर्वत्र आलोचना र विरोध भएपछि भूमिसुधारमन्त्री पद्मा अर्यालले (हिजो) मंगलबार गुठी विधेयक फिर्ता लिएकी थिइन् ।