भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ


– नारद कोहार, भैरहवा

भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लखनउका ५० वर्षीय उमेश शुक्ला छन् । उनी बिहीबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरहवा विमानस्थल हुँदै पोखरा उड्न लागेको अवस्थामा पक्राउ गरिएका हुन् ।

विमानस्थलको एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो ।उनले त्यो हतियार लाइसेन्सयुक्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष उनले लाइसेन्स देखाउन भने सकेका छैनन् । थप अनुसन्धान भइरहेको डीएसपी धर्मराज भण्डारीले बताएका छन् ।