सुरही नदीमा डुबेर तीन युवाको मृत्यु

सुरही नदीमा डुबेर तीन युवाको मृत्यु


■ माधव बेल्बासे, कपिलवस्तु

कपिलवस्तुको सुरई नदीमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको छ । जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिका २ हल्लनगर नजिकै रहेको सुरई खोलामा पौडी खेल्न गएका विजयनगर गाउपालिकाको वडा नम्वर ६ का तीन युवाको मंगलबार दिउँसो डुबेर मृत्यु भएको हो ।

स्थानीयका अनुसार मृतकहरुमा गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनार रहेका छन् । दिउँसोको समयमा गर्मी छल्न गएका युवाहरु पौडी खेल्न नजानेको कारण नदिमा डुबेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । तीनै युवाहरु २२ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ ।