आईसीसी उपाध्यक्ष पन्तको बिदाई

आईसीसी उपाध्यक्ष पन्तको बिदाई


  • श्याम क्षेत्री, टोकियो

गैरआवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यतामा आज आईसीसी उपाध्यक्ष कुमार पन्तलाई एनसीसी जापानले भेटघाट तथा विदाई कार्यक्रम आयोजना गऱ्यो ।

कार्यक्रममा आइसीसी प्रवक्ता भुषण घिमिरे, आईसीसी युवा संयोजक सुदन थापा, आईसीसी सदस्यत्रय ओम गुरुङ, कपिलदेव थापा र महेश श्रेष्ठको उपस्थिति रहेको थियो ।

यस कार्यकालबाट लागु गरिएको Global MIS System बाट परिषदको पंजीकृत सदस्यता लिने क्रममा जापानमा देखिएको समस्या र केही सहजीकरणको लागि आईसीसी जापानले अनुरोध गरिएकोमा अध्यक्षले यस विषय सम्बोधन हुने बताउनुभयो।

टोकियोको नागोमा आयोजना भएको नेपाल फेस्टिवलमा सहभागिताको लागि एनसीसी जापानको निमन्त्रणमा उपाध्य़क्ष जापान आउनुभएको हो।