१६ यात्रुसहितको जिप कर्णालीमा बेपत्ता

१६ यात्रुसहितको जिप कर्णालीमा बेपत्ता


हुम्लामा १६ जना सवार जिप कर्णाली नदीमा खसेको छ । मंगलबार दिउँसो १२ बजेतिर हुम्लाको तल्लोखार्पुबाट जिल्ला सदरमुकातर्फ १६ यात्रु लिएर जाँदै गरेको लु.१ज ७१६६ नम्बर जिप कर्णाली नदीमा खसेर बेपत्ता भएको हो ।

उक्त जिपमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु हमाल पनि रहेको बताइएको छ । जिप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार उद्धारका लागि दुईवटा हेलिकप्टर घटनास्थलमा पुगेका छन् ।

यसैगरी याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोस पालको कमान्डमा पाँचजना, जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमान्डमा पाँचजना र सहायक सेनानी ओमप्रकाश पुनको कमान्डमा पनि पाँचजनाको टोली उद्धारका लागि घटनास्थल पुगेको पुगेको बताइए पनि उद्धारको कार्य सम्भव नभएको बताइएको छ ।