एसियन करातेमा प्रतिस्पर्धा गर्दै समीर र नारायणलाल

एसियन करातेमा प्रतिस्पर्धा गर्दै समीर र नारायणलाल


नारायणलाल मोक्तान र समीर खड्गीले म्यानमारमा हुने दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

म्यानमारको रङ्गुन शहरमा आगामी जुन २३ (असार ८ गते) देखि हुने च्याम्पियनसिपमा नारायणले र समीरले प्रतिस्पर्धा गर्न लागेका हुन् । ब्रान्च प्रमुख राजकुमार गुरुङको नेतृत्वको नेपाली टोली एसिया प्यासिफिकमा सहभागी हुन असार ५ गते बिहीबार त्यसतर्पm प्रस्थान गर्नेछ ।

नारायणले ७० केजीमाथि र समीरले १४ वर्षमुनि उमेर समूहमा प्रतिस्पर्धा गर्न लागेको नेपाली टोलीका प्रशिक्षक सुमन गजुरेलले जानकारी दिए ।

समीरले यसअघि नेपालमै भएको जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकाले उनले पदक जित्न सक्ने टोली नेता राजकुमार गुरुङले बताए । नारायणले पनि यसअघि चीनमा भएको विश्व च्याम्पियनसिपमा आशालाग्दो प्रदर्शन गरेका थिए ।

सो च्याम्पियनसिपपश्चात् नेपाली टोलीका प्रमुख गुरुङले अन्तर्राष्ट्रिय पाँचौं डानको डान परीक्षासमेत दिने भएका छन् ।