करातेका सुमोनले जिते अष्ट्रेलियामा रजत

करातेका सुमोनले जिते अष्ट्रेलियामा रजत


नेपालका कराते खेलाडी सिमोन खत्रीले अष्ट्रेलियाको मेलबर्नमा भएको भीकेएल सुकोकाइ ओपन कराते च्याम्पियनसीपमा रजत जितेका छन् । सिमोनले पुरुष ७५ केजीमाथि तौलसमुहमा रजत पदक जितेका हुन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सिमोेन फाइनलमा अस्ट्रेलियाका खेलाडी फिलिपसँग पराजित हुँदा स्वर्ण पदक जित्नबाट वञ्चित भएका थिए । सिमोनको यो सातौँ अन्तर्राष्ट्रिय पदक हो ।

यसअघि उनले विभिन्न राष्ट्रमा भएका प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य जितेका छन् । सुमोन करातेका उदीयमान खेलाडी हुन् ।