अखिल क्रान्तिकारीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी





परीक्षाको नतिजा खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले आज (सोमबार) त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।

क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले दिएको जानकारीअनुसार परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् । ‘हामीले पहिल्यैदेखि नै अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न माग गरेका थियौँ तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौँ’, उनले भने ।

गत जेठ ३० गते आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारीका विद्यार्थीहरू जेठ ६ गतेदेखि परीक्षा खारेजीको माग गर्दै आयोग अगाडि रिले अनशन बसिरहेका छन् ।

प्रतिक्रिया