प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको शपथ

प्रधानमन्त्री मोदीले लिए लोकसभा सदस्यको शपथ


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तल्लो सदन लोकसभाको सदस्यका रूपमा सोमबार शपथ लिएका छन् । उनी उत्तर प्रदेशको वाराणसी क्षेत्रबाट लोकसभाको सदस्यमा निर्वाचित भएका थिए ।

सोमबार नै अस्थायी सभामुख चुनिएका वीरेन्द्र कुमारले प्रधानमन्त्री मोदीलाई संसद् सदस्यको शपथ गराए । भारतीय लोकसभाको १७औँ बैठक सोमबार नै शुरु भएको हो । संविधानअनुसार संसदीय दलको नेताको रूपमा मोदीले पहिलो सांसदको शपथ लिएका हुन् । नयाँ लोकसभाका नवनिर्वाचित सांसदहरूले पछि पालैपालो शपथ लिनेछन् । सांसदहरूले शपथ गराउने कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

लोकसभाका सदस्यका रूपमा निर्वाचित भएका गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र कानुनमन्त्री रविशंकर प्रसादले भने शपथ लिएका छन् । लोकसभाको सभामुखको चयन भने जुन १९ का दिन हुनेछ । राष्ट्रपति रामनाथ कोबिन्दले जुन २० तारिखका दिन संसदको दुवै सदनलाई सम्बोधन गर्नेछन् । नयाँ सरकारले केन्द्रीय बजेट आगामी जुलाई ५ का दिन संसदसमक्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ ।