गर्मी बढेपछि वाणगंगाका विद्यालय तीन दिन बन्द

गर्मी बढेपछि वाणगंगाका विद्यालय तीन दिन बन्द


केही दिनयता बढेको गर्मीका कारण कपिलवस्तु जिल्ला वाणगंगा नगरपालिकामा रहेका विद्यालय सोमबारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेपछि दिनचर्यामा समेत समस्या भएकाले शिक्षक महासंघ नगर कमिटी, प्याब्सन नगर कमिटी र वाणगंगा नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

यही असार ४ गतेसम्मका लागि सरकारी, निजी, सामुदायिक, धार्मिक विद्यालयका साथै मन्टेश्वरीमा गर्मी बिदा दिइएको वाणगंगा नगर शिक्षा अधिकृत खिमबहादुर जीसीले बताए ।