झुक्यायो मौसमले, सोमबार बर्षा र हावाहुरीको सम्भावना

झुक्यायो मौसमले, सोमबार बर्षा र हावाहुरीको सम्भावना


हरेक दिन मौसमले झुक्याइरहेको छ । अत्याधिक मात्रामा बढेको गर्मीले जनजीवन कष्टकर बनाइरहेको छ । दैनिकजसो गर्मीको पारो अधिकभन्दा अधिक बढिरहेको छ । पछिल्ला दिनहरुमा मौसम पूर्वानुमान महाशाखालाई पनि उत्ताउलो मौसमले झुक्याउने गरेको छ । महाशाखाले पानी पर्ने बताइरहँदा गर्मीको पारो भने बढ्दै गइरहेको हो ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघ गर्जने तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पूर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ । यो क्रम मंगलबार र बुधबार पनि रहने जनाइएको छ ।