गैरआवासीय नेसो क्लब (क्षेसप सललाह)को अध्यक्षमा घिमिरे चयन

गैरआवासीय नेसो क्लब (क्षेसप सललाह)को अध्यक्षमा घिमिरे चयन


  • आरके श्रीवास्तव, ओमान

गैरआवासीय नेपाली सोसल क्लब क्षेत्रीय समन्वय परिषद सललाहको पाँचौ अधिवेशन सम्पन्न भएको छ । राजधानी मस्कटबाट करिव हजार किलोमिटर टाढा सललाहमा गत शुक्रबार (१४ जुन २०१९) सम्पन्न अधिवेशन बाट मनोज घिमिरेको अध्यक्षता १८ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको छ ।

नवगठित समितिको प्रथम उपाध्यक्षमा दिपक सिन्जाली दोश्रो उपाध्यक्षमा महेन्द्र सडौला, सचिवमा सुकबहादुर थामी, सहसचिवमा जीवन गुरुङ, प्रवक्तामा गिता थापा, कोषाध्यक्षमा डीबी राणाभाट, सहकोषाध्यक्षमा पदम पाण्डे निर्वाचित भएका छन् भने सदस्यहरुमा वीरेन्द्र मण्डल, प्रकाश लम्साल, कुसबहादुर झेडी, कुमारी राई, नाथुराम धामी र सुरेश गुरुङ, सुनिता तमाङ, सुरेन लामा र पुष्प कुमार श्रेष्ठ छानिएका छन् ।

सो अवसरमा निवर्तमान अध्यक्ष टीकाप्रसाद दाहालले आफ्नो कार्यकालमा भएको कार्यक्रमको गतिविधिहरु प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुकबहादुर थामीबाट आय व्यय प्रस्तुत गरिएको थियो ।

त्यस्तै, नेपाल मगर संघ क्षेत्रीय समिति सललाहका जुलन थापा मगर, नेपाली महिला समूह सललाहका बिमला सिन्जाली, डिएक्स एनका नाथुराम धामीले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नयाँ कार्यसमितिलाई अगामी कार्यकालका लागि बधाई तथा शुभकामना दिएका थिए ।

महेन्द्र सडौलाबाट स्वागत मन्तव्य दिइएको अधिवेशनमा गैरआवासीय नेपाली सोसल क्लब मस्कट केन्द्रबाट प्रमुख अतिथिको रूपमा सेवान्त पुन मगरलाई आमन्त्रण गरिएको थियो । अधिवेशनले पूर्वअध्यक्ष टीका दहाललाई समितिको सल्लाहकार चयन गरेको सचिव थामीले जानकारी दिए । सो अवसरमा दर्जनौं सललाहवासी नेपालीको सहभागिता रहेको थियो ।