भक्तपुरमा सत्यमोहन जोशीलाई नागरिक अभिनन्दन गरिने





वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । भक्तपुरस्थित वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले आगामी असार ६ गते आयोजना गरिने समारोहमा सो अभिनन्दन गर्न लागिएको हो ।

समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै प्रचारप्रसार संयोजक नवीनप्रकाश श्रेष्ठले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोकसंस्कृतिको संरक्षणमा जोशीले पुऱ्याएको योगदानको स्मरण गर्दै अभिनन्दन गर्न लागिएको जानकारी दिए । अभिनन्दन समारोह सम्पन्न गर्न नरेन्द्रभक्त हाडाको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरी आवश्यक तयारी पूरा गरिएको उनको भनाइ थियो ।

असार ६ गते शुक्रबार मध्यपुरथिमिको बाहाखाबजारबाट शंखधर चोकसम्म र भक्तपुरको दत्तात्रयबाट सूर्यविनायकसम्म विशाल शोभा ऱ्याली गर्दै सूर्यविनायकको अजिमामा आयोजना गरिने समारोहमा अभिनन्दन गरिने भएको छ ।

प्रतिक्रिया