थर्ड होम कफीलाई थ्री स्टारको मान्यता

थर्ड होम कफीलाई थ्री स्टारको मान्यता


  • रेजिना गौतम, झापा

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले विर्तामोडमा सञ्चालित थर्ड होम कफीलाई थ्री स्टारको मान्यता प्रदान गरेको छ ।

नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको आयोजनामा विर्तामोडको मेघा कम्प्लेक्समा सञ्चालित थर्ड होमले मापदण्ड पूरा गरेको भन्दै झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले होटल स्तरीकरण लोगो वितरण कार्यक्रम अन्तरगत थर्ड कफीका सञ्चालक रामप्रसाद तिवारीलाई थ्री स्टार अर्थात निलो स्टीकर प्रदान गर्नुभएको हो ।

यो वर्ष विर्तामोडमा खाद्य स्वच्छता कायम गरेर थ्री स्टारको मान्यता पाउने थर्ड कफी पहिलो भएको कार्यालयले जनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विर्तामोड नगरपालिकाका प्रतिनिधिसहितको अनुगमन टोलीले विगत केही दिन अघिदेखि विर्तामोडमा सञ्चालित होटलहरुको अनुगमन गरेको थियो । सोही अनुगमनको प्रतिवेदनका आधारमा थर्ड कफीलाई थ्री स्टारको मान्यता प्रदान गरिएको डिभिजन कार्यालय झापाका प्रमुख भरत पुरीले जानकारी दिनुभयो ।

खाद्यको मापदण्ड अनुसार मूल्याङ्कनमा ९० भन्दा माथि अंक प्राप्त गर्ने होटल, रेष्टुरेन्टलाई अति राम्रो अर्थात थ्री स्टारको मान्यता दिइने पुरीले बताउनु भयो ।

स्टिकर प्रदान गर्दै झापाका प्रमुख जिल्ला अधिकारी दाहालले जनताको जनजिवीकासंग प्रत्यक्ष सरोकार राख्ने होटल रेष्टुराँले शुद्ध खानेकुरा विक्री वितरण गर्नुपर्नेमा जोड दिंदै मानव स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई पनि नभएको बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दाहाल, विर्तामोड नगरपालिका वडा नं.–५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, उद्योग वाणिज्य संघ विर्तामोडका उपाध्यक्ष राजु न्यौपाने, होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उप्रेती लगायतले आ–आफ्ना धारणा राख्दै व्यवसायिक शुद्धतामा जोड दिएका थिए ।

डिभिजन कार्यालय प्रमुख पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सावित्रा दाहालले गर्नुभएको थियो ।

सो अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, विर्तामोड नगरपालिकाबाट होटल अनुगमन समितिकी प्रतिनिधि भावना आचार्य, विर्तामोड नगरपालिका वडा नं.–५ का वडासदस्य लक्ष्मी बास्कोटा, खाद्य प्रविधि तथा गण नियन्त्रण क्षेत्रीय कार्यालयका खाद्य निरीक्षक प्रमिला राई, इन्दिरा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।