अष्ट्रेलियाले जित्दा पाकिस्तान विश्वकपबाट बाहिरिने खतरा

अष्ट्रेलियाले जित्दा पाकिस्तान विश्वकपबाट बाहिरिने खतरा


विश्वकप क्रिकेट २०१९ अन्तर्गत पाकिस्तान र अष्ट्रेलियाबीच भएको खेलमा विश्वकपको दावेदार टीम अष्ट्रेलियाले विजय हासिल गरेको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुदै ३ सय ७ रन बनाएको थियो । प्रतिउत्तरमा व्याटिङ गर्न आएको पाकिस्तान ४५ ओभरमा अलआउट हुँदै २ सय ६६ रन मात्र बनाउँदै ४१ रनले पराजित भएको थियो ।

अष्ट्रेलियालाई जित दिलाउन डेविड वार्नरले सतकिय पारी खेलेका थिए । वार्नरले आफ्नो सतकिय पारी १ सय ७ रन बनाएका थिए । यो विश्वकपमा वार्नरको यो पहिलो सतक हो भने आफ्नो व्यक्तिगत करियरको १५ औं सतक हो । वार्नरले विश्वकपमा पहिलो सतक वनाउन १ सय ११ बल खर्च गरेका थिए । जस्मा ११ चौका र १ छक्का प्रहार गरेका थिए ।

यो विश्वकपमा आफ्नो चौथो खेल खेलेको अष्ट्रेलियाको यो तेस्रो जित हो । यो जितसँगै महत्वपूर्ण २ अङ्क जोडेको अष्ट्रेलिया अघिल्लो खेलमा भारतसँग पराजित भएको थियो । त्यस्तै विश्वकपमा चौथो खेल खेलको पाकिस्तानले अहिलेसम्म ३ अङ्क मात्र बटुल्न सफल भएको छ ।

अष्ट्रेलियासँग पराजित भएपछि पाकिस्तान अंक तालिकामा अन्तिमबाट दोश्रो स्थानमा पुगेको छ । विश्वकपमा १ अंक पनि जोडन नसकेको अफगानिस्तान अन्तिममा रहेको छ । अब अन्तिम चारमा छनोट हुन पाकिस्तानले पाँचवटै खेल जित्नुपर्ने बाध्यता बनेको छ ।