प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण

प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकबाट सलामी अर्पण


प्रधानमन्त्री ओलीलाई बेलायतमा गोर्खा सैनिकबाट सम्मानगारत प्रदान गरिएको छ । युरोप भ्रमणको क्रममा बेलायत पुगेका प्रधानमन्त्री ओलीलाई आज बुधबार संयुक्त राज्य बेलायतको काम्बर्लीस्थित रोयल मिलिटरी एकेडेमीस्थित गोर्खा बिग्रेडको मुख्यालयमा सो सम्मान प्रदान गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई नेपालको राष्ट्रिय गानको धुन बजाएर बेलायती गोर्खा सैनिकहरूले स्वागत गरेका थिए । सो अवसरमा बेलायती गोर्खा सैनिकहरूले ‘यो नेपाली शिर उचाली’ बोलको गीतको संगीतमा परेड प्रदर्शन गरे ।

त्यसअघि प्रधानमन्त्री ओलीले बेलायतकी कामचलाउ प्रधानमन्त्रीको हैसियतमा रहेकी टेरेजा मेसँग भेटवार्ता गरेका थिए ।