लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार


पोखरामा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । बुधबार प्रहरीले गोली प्रहार गरी घाइते बनाएर लागूऔषध कारोबारी गोविन्द थापालाई पक्राउ गरेको हो । खुट्टामा गोली लागेर घाइते बनेका थापालाई उपचारका लागि अस्पताल लगिएको छ ।

थापालाई पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि आइलागेपछि उनीमाथि बल प्रयोग गर्नुपरेको प्रहरीको भनाइ छ । लागूऔषध कारोबारी थापाको आक्रमणबाट एक प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका थापाको साथबाट १५ सय सेट लागूऔषध बरामद भएको छ ।