सुदुरपश्चिममा सामुदायिक अस्पतालको लागि सहयोग जुट्दै

सुदुरपश्चिममा सामुदायिक अस्पतालको लागि सहयोग जुट्दै


बेल्जियमको एक परोपकारी जोडीले कर्णाली प्रदेशको कालिकोट जिल्लामा निर्माण हुने ‘रासकोट सामुदायिक अस्पातल’का लागि १६ लाख ४८ हजार ६ सय ४२ रुपैँया उठाएको एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका छन् ।

९ जुन २०१९ आइतबार पत्रकार सम्मेलन गर्दै बेल्जियमका ब्यवसायी सुनिता गुरुङ धिताल र गायक नारायण धितालको जोडीले चन्दादाताहरुको नामावलीसहित रकम सार्वजनिक गरेका हुन्।

पत्रकार महासंघ केन्द्रिय परिषद सदस्य ओम शर्मा र पत्रकार महासंघ युरोप शाखाका वरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईलाई पारदर्शिता विवरणको प्रतिलिपि बुझाउदै सङ्कलन भएको सबै रकम अस्पातलको निर्माणका संयोजक तथा पत्रकार रवि लामिछानेलाई छिट्टै हस्तान्तरण गरिने जानकरी अभियानकर्ता सुनिता गुरुङले गराएकी हुन् ।

पत्रकार सम्मेलनमा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल, आइसीसीस सदस्यत्रय पदम गुरुङ, सरु चापागाई र लीला शर्मा मानन्धर तमु समाज बेल्जियमकी अध्यक्ष दुर्गा गुरुङ लगायत विभिन्न सामाजिक र वैचारिक संघ संस्थाका पदाधिकारीहरु समेत उपस्थित रहेको थियो ।

एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष गंगाधर गौतमद्वारा सञ्चालित पत्रकार सम्मेलनमा एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहाल र ओस्टेन्डे समाजका अभिभावक ब्रह्मदत्त वाग्लेले परोपकारी चन्दादाता र सहयोग सङ्कलनको अगुवाइ गर्ने धिताल जोडीलाई धन्यवाद दिएका थिए ।