इलामको जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी

इलामको जोशी हाइड्रोपावरको टर्वाइनमा आगलागी


इलाम नगरपालिका–४ पुवाखोलामा रहेको जोशी हाइड्रोपावरमा आगलागी भएको छ । मेची राजमार्गनजिकै रहेको हाइड्रोपावरको टर्वाइनमा एक्कासि आगोको मुस्लो उठेपछि स्थानीय बासिन्दा र कर्मचारीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

वडा नं. ३ का अध्यक्ष नूतनदेव दुलालका अनुसार हाइड्रोपावरको टर्वाइनमा एक्कासि आगोको मुस्लो उठेपछि नजिकै रहेको पानीको पाइप छिनालेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको हो । आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल घटनास्थलतर्फ गएको छ । आगो के कारणले लागेको भन्नेबारे यकिन हुन सकेको छैन ।