इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली टोली

इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाली टोली


भारतको हैदरावादमा आयोजना हुने दोश्रो इन्डिया ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिप डब्लु टी–१ ऱ्याङ्किङ तेक्वान्दो प्रतियोगितामा नेपाली तेक्वान्दो टोलीले सहभागिता जनाउने भएको छ ।

जेठ २८ देखि आषाढ १ गते सम्म संचालन हुने च्याम्पियनसिपमा नेपालको तर्फवाट नम्रता तुलाधर (६७ केजी), कल्पना चौधरी (४९ केजी), संगिता बस्याल नेपाली (६२ केजी), अम्बिकाप्रसाद घिमिरे (५४ केजी), भुपेन श्रेष्ठ (८७ केजी), गोविन्दबहादुर आले (५८ केजी), निरज देउवा (६८ केजी) र अनोज पुजारी (+८७ केजी) प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपमा सहभागि टोलीको नेतृत्व कीर्तिमान तेक्वान्दो खेलाडी दीपक विष्टले गरेका छन् । त्यस्तै टोलीको ब्यवस्थापकमा मनीराज बिष्ट, प्रशिक्षकमा दानबहादुर ऐरी रहेका छन् । त्यस्तै उक्त च्याम्पियनसिपमा नोर्वु लामा, हिराबहादुर थापा, टिकाप्रसाद लिम्बु र मिन न्यौपाने निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।