जुनियर तेक्वान्दोमा सुदिप र इसिका उत्कृष्ट

जुनियर तेक्वान्दोमा सुदिप र इसिका उत्कृष्ट


काटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा सम्पन्न दोश्रो कोटेश्वर जुनियर तेक्वान्दो प्रतियोगितामा काठमाडौं जिल्लाले पहिलो स्थान हात पारेको छ । उपाधि जित्ने क्रममा काठमाडौंले १० स्वर्ण, ३ रजत र ४ काँश्य पदक हात पारेको हो ।

७ स्वर्ण, ३ रजत र १४ काश्य पदकसहित आयोजक कोटेश्वर डोजाङ दोश्रो तथा ५ स्वर्ण, ७ रजत र ८ काँश्य पदकसहित ललतिपुर तेश्रो भयो । प्रतियोगितामा पुरुषतर्फ दुइ नम्बर प्रदेशका सुदिप नेपाली तथा महिलातर्फ कोटेश्वरकी इसिका राना उत्कृष्ट खेलाडी घोषित भए ।

सो अबसरमा अस्ट्रेलियमा भएको प्रतियोगितामा स्वर्ण पदक विजेता रञ्जन श्रेष्ठ र प्रशिक्षक विसाल रायमाझी, राष्ट्रिय खेलकुदमा उत्कृष्ट खेलाडी सक्षम कार्की र भुटानमा भएको प्रतियोगितामा सफलता पाउने खेलाडीहरूलाई डोजाङ र वडा कार्यलयको तर्फबाट प्राप्त पुरस्कार प्रदान गरिएको थियो ।