मानसिक अस्पतालमा आगलागी हुँदा ६ को मृत्यु

मानसिक अस्पतालमा आगलागी हुँदा ६ को मृत्यु


युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरूको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् ।

एकतले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन ।

यस आगलागीमा परी ६ जनाको मृत्यु हुनका साथै घाइते भएका अन्य चारजनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस आगलागीमा नौजनाले भने भागेर ज्यान बचाएका थिए । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यो अति नै दुखान्त घटना भएको बताउँदै प्रधानमन्त्री भोलोदिमर ग्रोएस्म्यानलाई यस घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।