एफएनसिसीआई अध्यक्ष राणासहितको टोली जेनेभामा

एफएनसिसीआई अध्यक्ष राणासहितको टोली जेनेभामा


अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को शतबार्षिकी समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार जेनेभामा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपालबाट उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको हो ।

प्रतिनिधिमण्डलमा रोजगारदाताका तर्फबाट महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल पनि सहभागी छ । समारोहमा नेपालका तर्फबाट सहभागी भई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर रहेकाले नेपाल लगानीका लागि अत्यन्त उपयुक्तस्थल बन्दै गएको जानकारी गराए । उनले सरकार, रोजगारदाता र ट्रेड यूनियनबीच सौहाद्रपूर्ण सहकार्यमा श्रम तथा सामाजिक सुरक्षा ऐन पारित भएको र त्यसमा आइएलओबाट पाएको सहयोगको प्रशंसा समेत गरे ।

प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको समेत उल्लेख गरे । ‘जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक छ ।’ उनले भने ।

महासंघको रोजगारदाता परिषद्का सभापति समेत रहेका चन्द्रप्रसाद ढकाल लगायतका टोलीको पनि सहभागिता रहेको थियो ।