रोपाइँ गरिरहेका सात महिला चट्याङ लागेर घाइते

रोपाइँ गरिरहेका सात महिला चट्याङ लागेर घाइते


डोटीको पूर्वीचौकी गाउँपालिका–३ चैकोटमा आइतबार साँझ करिब ५ः३० बजे चट्याङ लागेर सातजना महिला घाइते भएका छन् ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले दिएको जानकारीअनुसार खेतमा रोपाइँ गरिरहेको समयमा अचानक चट्याङ पर्दा सोही स्थानका देवी बोहरा, पदमा धानुक, भगु दमाईं, कल्पना दमाईं, दुर्गा दमाईं, जमुना दमाईं र मिठु दमाईं घाइते भएका हुन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।