नेप्सेमा नौ अंकको गिरावट

नेप्सेमा नौ अंकको गिरावट


शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक सोमबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ८.७८ अंकले घटेर एक हजार २ सय ७५.८२ अंकमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अंकमा झरेको छ । स्टकका अनुसार कुल १७३ कम्पनीको २० लाख ७२ हजार १ सय ८२ कित्ता शेयर रु. ६१ करोड तीन लाख १२ हजार १३ मूल्यमा खरिद–बिक्री भए । स्टकका अनुसार आज कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ ।

विकास बैंक ४.४७, उत्पादन १५.५५ र म्युचुअल फन्ड ०.०७ बिन्दुले बढेको छ । त्यसैगरी बैंकिङ ५.६१, होटेल ३४.०६, जलविद्युत् १६.२९, वित्त ७.४९, निर्जीवन बिमा १२४.३८, अन्य ६.६१, लघुवित्त ११.४९ र जीवन बिमा ६२.४३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज एनआईसी एसिया बैंकको रु. चार करोड १८ लाख ५९ हजार ७८ मा कारोबार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट रु. तीन करोड ९० लाख ५० हजार ४३५, सिद्धार्थ बैंक लिमिटेड रु. तीन करोड तीन लाख ९२ हजार ९२७, नेपाल बैंक लिमिटेड रु. दुई करोड ५५ लाख ४० हजार ९७१ र नविल बैंक लिमिटेड संस्थापक शेयर रु. एक करोड ९५ लाख ५६ हजार ३०४ मा कारोबार भई शीर्ष स्थानमा रहे ।

वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड वित्तीय संस्थाका शेयरधनीले ७.६१ प्रतिशतले कमाए । यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ४.९६, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ४.६४, युनाइटेड मोदी हाइड्रोपावर ४.४६ र ज्योति विकास बैंक लिमिटेडका शेयरधनीले २.६० प्रतिशतले कमाए । स्टकका अनुसार तारागाउँ रिजेन्सी होटल लिमिटेड ७.३३, रिलायन्स फाइनान्स लिमिटेड ६.२५, युनिभर्सल पावर कम्पनी लिमिटेड ६.१२, एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड ५.१४ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.७८ प्रतिशतले गुमाए ।