अष्ट्रेलियाले वेष्टइण्डिजलाई १५ रन हरायो

अष्ट्रेलियाले वेष्टइण्डिजलाई १५ रन हरायो


निकै रोचक बनेको अष्ट्रेलिया र वेष्टइण्डिज खेलमा अष्ट्रेलिया विजयी बनेको छ । टेन्टब्रिज क्रिकेट मैदानमा भएको खेलमा अष्ट्रेलियाले खराव शुरुवात गरे पनि अन्तिममा सम्मानजनक स्कोर खडा गर्न सफल भएको थियो ।

अष्टे«लियाले ४९ ओभरमा सम्पूर्ण विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो । प्रतिउत्तरमा व्याटिङ गर्न आएको वष्टइण्डिजले ९ विकेट गुमाउँदै २ सय ७३ रनमा समेटिएको थियो । वष्टइन्डिजको तर्फवाट कप्तान जेसन होल्डरले ५१ र शाई होपले ६८ रन बनाएका थिए ।

अष्टे«लियालाई विजयी बनाउन मिसेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरेका थिए । स्टार्कले वेष्टइण्डिजको ५ विकेट लिएका थिए । यो विश्वकपमा ५ विकेट लिने स्टार्क पहिलो खेलाडी बनेका छन् । यो जितसंगै अष्ट्रेलियाले लगातार दुई खेलमा विजय हासिल गरेर ४ अंक प्राप्त गरेको छ ।

आज (जेठ २४) शुक्रबार एसियाली राष्ट्र पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टीम एक खेलमा विजयी र एक खेलमा पराजित भएका छन् । विश्वकप क्रिकेटको इतिहासमा अहिलेसम्म श्रीलंकाले पाकिस्तानलाई पराजित गर्न सकेको छैन ।