तेक्वान्दो एकेडेमीको उद्घाटन

तेक्वान्दो एकेडेमीको उद्घाटन


सातदोबाटोमा निर्मित नेपाल तेक्वान्दो एकेडेमी भवनको जेठ २३ गते बिहीबार उद्घाटन गरिएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले एकेडेमीको उद्घाटन गरेका हुन् ।

८ करोड ७६ लाख २२ हजार ४ सय ३१ रुपैयाँ लागतमा निर्मित एकेडेमी चार तलाको छ । एकेडेमीमा कक्षा कोठा, कार्यालय कक्ष, तालिम हल, प्रतियोगिता हल, चेन्जिङ रुम, भीआईपी प्यारापिट, साधारण प्यारापिटलगायत छन् । भीआईपी प्यारापिट ३० जना तथा साधारण प्यारापिट ५ सय जना अटाउने क्षमताको छ ।

एकेडेमी निर्माण गर्न करिब ४ वर्ष ६ महिना लागेको राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए । नेपाल सरकारमार्फत राष्ट्रिय खेलकुद परिषद्को लगानीमा एकेडेमी निर्माण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले तेक्वान्दोले गर्व गर्न लायक पूर्वाधार पाएको बताउँदै नेपाली खेलकुदले अझै पनि पर्याप्त भौतिक संरचना नपाइरहेको अवस्था रहेको बताए । राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले आठौँ सागमा नेपालले हासिल गरेको उपलब्धिलाई दोहो¥याउन एकेडेमी महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एकेडेमी तेक्वान्दोको गुरुकुलका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै प्राथमिकतामा परेका सबै खेलको एकेडेमी निर्माण गर्ने योजना रहेको बताए । उनले एकेडेमीबाट थुप्रै दीपक विष्ट र संगीना वैद्य जस्ता खेलाडी उत्पादान हुन सकुन् भनी कामना गर्दै एकेडेमी चाँडै नै नेपाल तेक्वान्दो संघलाई हस्तान्तरण गरिने बताए ।

तेक्वान्दो संघका सचिव समेत रहेका सागका कीर्तिमानी चार स्वर्णविजेता दीपक विष्टले एकेडेमी निर्माण गरिदिएकोमा नेपाल सरकार र राखेपलाई धन्यवाद दिँदै नेपाली तेक्वान्दोले रचेको इतिहासलाई नयाँ पिँढीले दोहो¥याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपाल तेक्वान्दो संघले नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत खेलकुद मन्त्री विश्वकर्मा र सदस्य–सचिव विष्टलाई दोसल्ला ओढेयाउनुका साथै सम्मान पत्र प्रदान गरी सम्मान गरेको थियो ।