भारतको जितमा रोहितको शानदार सतक

भारतको जितमा रोहितको शानदार सतक


आईसीसी विश्वकप २०१९ क्रिकेट प्रतियोगितामा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाको शुरुवात राम्रो हुन सकेन । शुभारम्भमै दुई विकेट गुमाएको दक्षिण अफ्रिका त्यसपछि निकै दबाबमा परेको थियो । परिणाम दक्षिण अफ्रिका २ सय २७ रनमा समेटिएको थियो ।

२ सय २८ रनको विजय लक्ष्य पाएको भारतले १५ बल अगाडि नै विजय हासिल गरेको थियो । भारतको तर्फवाट ओपनर रोहित शर्माले नटआउट रहदै १ सय २२ रन बनाएका थिए । रोहितले आफ्नोे सतकिय पारीमा १४४ बलको सामना गरेका थिए । यो उनको विश्वकप क्रिकेटमा दोश्रो सतक हो ।

भारत जित दिलाउन युज्भेन्द चहलले सर्वाधिक चार विकेट लिएका थिए । उनले दक्षिण अफ्रिको मिडिल अर्डरलाई ध्वस्त पारेका थिए । त्यस्तै जस्प्रीत बुमराह र भुवनेश्वर कुमारले समान दुई दुई विकेट लिएका थिए ।

भारतसँग पराजित भएपछि दक्षिण अफ्रिका लगातार तीन खेलमा पराजित भएको छ । पहिलो खेलमा आयोजक इंग्ल्यान्डसंग पराजित भएको दक्षिक अफ्रिका दोश्रो खेलमा बंगलादेशसंग सनसनीपूर्ण पराजित भएको थियो ।

त्यस्तै न्युजील्यान्ड र बंगलादेश बीच भएको खेलमा न्युजील्यान्ड विजयी भएको छ । यो विश्वकपमा न्युजील्यान्डको यो दोश्रो जित हो ।