अध्यक्षद्वयले समय माग गरेपछि नेकपाको सचिवालय बैठक स्थगित

अध्यक्षद्वयले समय माग गरेपछि नेकपाको सचिवालय बैठक स्थगित


बिहीबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भनिएको उक्त बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको बताइएको छ ।

हिजो बुधबार करिब दुई घन्टा बसेको सचिवालय बैठक बिना कुनै निष्कर्ष टुंगिएको थियो । अन्तिममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समय अभाव कारण देखाउँदै बैठक आज बिहीबार बिहानका लागि तोकिएको थियो ।

तर, पार्टी अध्यक्ष पुष्प कमल दाहाल र केपी शर्मा ओलीले बैठकलाई निष्कर्षमा पु¥याउन गृहकार्य नपुगेको भन्दै त्यसका लागि समय माग गरेपछि आजको बैठक पनि स्थगित भएको हो । आज स्थगित सचिवालय बैठक फेरि कहिले बस्ने भन्ने मिति तय भइसकेको छैन ।