नेता शेखरको खरो धारणा- ‘जागरण होइन महाधिवेशन जरुरी’

नेता शेखरको खरो धारणा- ‘जागरण होइन महाधिवेशन जरुरी’


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काङ्ग्रेसलाई अहिलेको अवस्थामा जागरण अभियानभन्दा पनि चौथो धारणा अघिसारेका छन् ।

नेपाली काङ्ग्रेस पनौती नगरसमितिले बुधबार काभ्रेको पनौतीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा नेता कोइरालाले जागरण अभियानले गर्दा चौथो महाधिवेशन धकेलिने र स्थानीय निर्वाचनमा असर पार्ने भएकाले अब पार्टीले चौथो महाधिवेशन गर्नुपर्ने तर्क गरे ।

कार्यकर्तालाई उनले पार्टीका लागि जागरण अभियान जरुरी हो कि चौथो महाधिवशेनको शुरुआत गर्न जरुरी हो भन्ने प्रश्न तेर्स्याए । अहिले काङ्ग्रेसको गाउँपालिका र नगरपालिकाको संरचना नभएको अवस्थामा कसलाई कसरी मान्ने भन्ने प्रश्न उठेको नेता कोइरालाको भनाइ थियो ।

मेरै क्षेत्रमा तीन/तीन जना सभापति छन् कसलाई मान्ने ? भन्दै उनले भने, ‘गाविस वडामा परिणत भइसक्यो कसलाई मान्ने त्यसमा काङ्ग्रेस चुकिरहेको छ ।’

पार्टीको केन्द्रीय प्रशिक्षण विभागका निर्देशक पुरुषोत्तम दाहालले जिल्ला÷जिल्लामा प्रशिक्षण विभाग गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदैपार्टीभित्र कार्यक्रममा विशिष्ट अतिथि, अतिथि भनेर बोलाउने काम बन्द गर्नुपर्ने सुझाव दिए ।