विश्वकप क्रिकेटमा श्रीलंका र अफगानिस्तान भिड्दै

विश्वकप क्रिकेटमा श्रीलंका र अफगानिस्तान भिड्दै


आईसीसी विश्वकप क्रिकेट २०१९ अन्तर्गत जेठ २१ गते राती दुई एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच भीडन्त हुँदैछ । यो खेल कार्डिफको गार्डन्स रंगशालामा हुनेछ ।

यी दुवै टीम आफनो पहिलो खेलमा पराजित भएका थिए । श्रीलंका न्युजील्याण्डसँग पराजित भएको थियो भने अष्ट्रेलियाले अफगानिस्तानलाई हराएको थियो । यो खेलमा दुबै टीमलाई जितको लागि दाबेदार मानिएको छ । अष्टे«लियासँगको सुधारिएको प्रदर्शनका कारण अफगानिस्तानलाई फेवरेट मानिएको छ ।

आजको खेलमा अफगानिस्तानको टीममा गुलबदीन नैब (कप्तान), नूर अली जादरान, हजरतुल्लाह जादरान, असगर स्टानिकजाई, हजरतुल्लाह जाजई, हसमतुल्लाह जादरान, राशिद खान, दौलत जादरान, अफताब आलम, हामिस हसन, मुजीब उर रहमान, रहमत शाह, समिउल्लाह शिनवारी, मोम्मद नबी, मोहम्मद शाहजाद रहेका छन् ।

त्यस्तै श्रीलंका टीममा दिमुथ करुणारत्ने (कप्तान), अविश्का फनाडरे, लाहिरु थिरिमाने, एन्जेलो म्याथ्यूज, धनन्जय डी सिल्वा, इसुरु उदाना, मिलिन्दा श्रीवर्दना, थिसारा परेरा, जीवन मेन्डिस, कुशल परेरा (विकेट कीपर), कुशल मेन्डिस, जैफ्री वैन्डरसे, लसिथ मलिङ्गा, सुरङ्गा लकमल, नुवान प्रदीप रहेका छन् ।