सिड्नीमा काम पाउनुभएन कि ?

सिड्नीमा काम पाउनुभएन कि ?


  • राजन घिमिरे, अष्ट्रेलिया

के तपाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आउने तयारीमा हुनुहुन्छ ? या, अष्ट्रेलिया आएपछि अध्ययनसँगै काम पाइने हो कि होइन भन्ने तनाव र त्रासमा पनि हुनुहुन्छ कि ?

यस्तो हो भने अब कामको लागि तपाईंहरूले यताउता भौंतारिरहनु पर्ने अवस्था रहेन । क्षमता अभिवृद्धि गराउंँदै तपाईंहरूको श्रमको मूल्य उपलब्ध गराउन सिड्नीमा मुख्य कार्यालय रहेको ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर सिड्नी’ लागिपरेको छ ।

‘कसरी काम खोज्ने, कहाँ खोज्ने र कस्तो कस्तो काम विद्यार्थीका लागि उपलब्ध हुन्छ भन्ने सुझाव–सल्लाह दिने मात्र नभई उनीहरूको क्षमताअनुसारको काम हामी खोजी दिन्छौँ’, ऐजुकेसन एण्ड माइग्रेन कर्नर सिड्नीका सुनील उप्रेतीले जानकारी दिए । उनी थप्छन्– ‘काम नभएको होइन, तर काम खोज्ने आइडिया र सम्बन्धित निकायसम्म पुग्न नसक्नु भएकोले विद्यार्थीहरूले काम पाउन गाह्रो भएको हो । हामी सकारात्मक रूपमा पुलको काम गर्छौं ।’

यो कार्यका लागि एजुकेशन एण्ड माइग्रेन कर्नर सिड्नीले काम लगाइदिने वा काम खोजिदिने आधिकारिक अष्ट्रेलियन कम्पनीसँग मिलेर सहकार्य गर्ने भएको छ ।

‘विद्यार्थीहरूको क्षमता हेरेर काम लगाइदिने पहल हामी हामी गर्छौं । जबसम्म उनीहरूले काम पाउँदैनन् तबसम्म हाम्रो पहल जारी रहन्छ । क्षमताअनुरूप विद्यार्थीले काम पाउने हुनाले यो अवसरलाई सकारात्मक रूपमा लिन हाम्रो आग्रह छ । हाम्रो जोसँग सम्झौता भएको छ, त्यो कम्पनिको अष्ट्रेलियामा अन्य धेरै कम्पनी र उद्योगहरूमा आवद्धता छ । त्यसकारण पनि हामी यो कार्यमा अगाडि बढेका हौँ’, उप्रेतीले जानकारी दिए ।

त्यसो त एजुकेशन एण्ड माइग्रेशन कर्नरले विद्यार्थीलाई कुनै काम उपलब्ध गराउनुअघि दुई साता विभिन्न क्षमता अभिवृद्धि प्रशिक्षणको कार्यक्रम पनि राख्दछ भने जो–जहाँ उपयुक्त देखिन्छन् त्यो विद्यार्थीलाई त्यही काम उपलब्ध गराइने छ ।

‘हामीले सम्झौता गरेको कम्पनीको सहयोगमा हामीले वर्षको न्यूनतम पनि पाँचसय विद्यार्थीहरूलाई रोजगारी दिन सक्ने हामीसंग सम्झौता गरेको कम्पनीले जानकारी दिएको छ । त्यसअनुसार नै हामी यो कुरा भनिरहेका छौँ’ उप्रेतीले भने ।

एजुकेशन एण्ड माइग्रेन कर्नर सिड्नीको यो कार्यले यतिबेला विद्यार्थीहरूले राहतको महसुस पनि गरेका छन् । ‘यस बारेमा थप जानकारी पाउन र रजिष्ट्रेसनका लागि आफ्नो बायोडाटासहित [email protected] मा सम्पर्क राख्न उप्रेतीले आग्रह गरे ।