तेक्वान्दोको प्रदेश ५ को अध्यक्षमा आचार्य निर्विरोध

तेक्वान्दोको प्रदेश ५ को अध्यक्षमा आचार्य निर्विरोध


राष्ट्रिय तेक्वान्दो संघ–नेपाल अन्तर्गत प्रदेश ५ को प्रथम अधिवेशन जेठ ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । उक्त प्रथम अधिवेसनले पूर्णप्रसाद आचार्यलाई अध्यक्षमा चयन गरेको छ । साथै आचार्यको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवनिर्वाचित कमिटीको बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ, उपाध्यक्षमा रामबहादुर सुनार, राजेन्द्र सिंह आले र भिम थापा रहेका छन् । त्यस्तै महासचिवमा बुद्धबहादुर थापा मगर, सचिवमा प्रकाश घर्ती मगर, सह–सचिवमा गुरु वचन चौधरी र कोषाध्यक्षमा उमा देवी थापा चयन भएका छन् । यसैगरि सदस्यहरूमा शिवनारायण थारु, बालकृष्ण थारु, अजय कुमार, सुर्य बुढा मगर, बिष्णु परियार, टेकेन्द्र विश्वकर्मा र दलबहादुर विश्वकर्मा रहेका छन् ।

उक्त प्रदेश ५को प्रथम अधिवेशनमा राष्ट्रिय तेक्वान्दो संघका केन्द्रीय उपाध्यक्ष तथा राखेपका वरिष्ट तेक्वान्दो प्रशिक्षक ध्रुवबहादुर गुरुङ, सचिव राकेश राई र सदस्य तथा तेक्वान्दो प्रशिक्षक प्रेमबहादुर भुजेलले उपस्थिति रहेको थियो । नवनिर्वाचित पदाधिकारीहरूलाई केन्द्रका पदाधिकारीहरूले बधाई तथा शुभकामना दिएका थिए ।