आगलागीमा परेर भारतमा २० जनाको मृत्यु

आगलागीमा परेर भारतमा २० जनाको मृत्यु


एक क्म्प्लेक्सको चौथो तलामा भएको भयानक आगलागीमा परेर भारतमा शुक्रबार कम्तीमा २० जनाको मृत्यु भएको छ । मृत्यु भएकामा एक शिक्षकसहित अधिकांश विद्यार्थी भएको बताइएको छ ।

सुरत (गुजरात)को सर्थना बिनमा रहेको ‘तक्षशिला’ नामक कम्प्लेक्समा एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा पनि उनीहरूको मृत्यु भएको हो ।

‘तक्ष्यशिला कम्प्लेक्स’मा रहेको कोचिङ सेन्टरमा रहेका विद्यार्थीहरु सो आगलागीमा परेको समाचारमा जनाइएको छ ।

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत मृतकप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् । उनले घाइतेहरुको स्वास्थ्य लाभको पनि कामना गरेका छन् ।

मोदीले ट्वीटरमा लेखेका छन्, ‘सुरातमा भएको अत्यन्त दुखद घटना थाहा पाएर मलाई विक्षिप्त बनाएको छ, मृतकप्रति मेरो हार्दिक श्रद्धान्जलि छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ उनले घटना भएको गुजरात प्रदेशको सरकारलाई पनि प्रभावितहरुलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको पनि उल्लेख गरेका एएनआईले जनाएको छ ।