स्पेनमा जेल परेका चार सांसद निलम्बित

स्पेनमा जेल परेका चार सांसद निलम्बित


स्पेनको संसदले कारागारमा रहेको चार जना संसद्लाई शुक्रबार निलम्बन गरेको छ । सन् २०१७ मा पृथकतावादी आन्दोलनको नेतृत्व गरेको अभियोग लागेका र केही महिना अगाडि भएको निर्वाचनमा विजयी भएका सांसदहरुलाई निलम्बन गरिएकोे हो ।

निलम्बित हुनेमा ओरिओल जुन्क्वेरास, जोर्दी तुरुल, जोसेप रुल र जोर्दी सान्चेज रहेको अधिकारीहरुले जनाएका छन् । सर्वोच्च अदालतको आदेशमा उनीहरु कारागारमा रहेकाले सांसद पदबाट निलम्बन गरिएको सभामुख मेरिट्सेल बाटेटले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका एएफपीले जनाएको छ ।

उनीहरुलाई राज्यद्रोहको मुद्दा लागेको र त्यसका बारेमा आफुले सोधीखोजी गरेर मात्रै निलम्बन गर्ने निर्णयमा पुगेको बताइएको छ । सानो मुलुक स्पेन केही दशकदेखि अत्यन्त नराम्रो राजनीतिक संकटमा फसेको र राजनीतिक अस्थीरता सृजना भएको छ ।