साताको राशिफल (११–१७ जेठ २०७६, २५–३१ मई २०१९)

साताको राशिफल (११–१७ जेठ २०७६, २५–३१ मई २०१९)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको (११–१७ जेठ) विशेष चाडपर्व :

रविबार– रविव्रत÷अष्टमीव्रत । सोमबार– गोरखकाली पूजा । विहीबार– अपरा एकादशीव्रत । शुक्रबार– प्रदोषव्रत ।

साताको राशिफल :

मेष राशि – शनिबार आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । धन सम्पत्ति बढ्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हांसविलासमा रुचि बढ्नेछ । लगानी बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला । भागदौड लागिरहला । मनोकूलको काम बन्नेछ । आइतबार र सोमबार र मंगलबारतिर अन्नधन बढ्नेछ । आयस्रोत बढ्ला । सुख–शान्ति समृद्धि होला । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला । बुधबार र विहीबार सफलता मिल्नेछ । शारीरिक र आर्थिक बल वृद्धि होला । सुख आनन्दमा पनि रुचि बढ्ला । यात्रा होला । रसरागमा प्रवृति बढ्ला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आर्थिक पक्ष सबल हुनुको साथै वार्तामा सफलता मिल्नेछ । भोज भतेरमा सहभागी हुनुसँगै मान–पुरस्कार पनि मिल्नेछ । शुक्रबार सुख शान्ति गौरव बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । मनोकूलको काम बन्नेछ ।

बृष राशि – साताका प्रारम्भिक तीन दिन लाभ दायक र अन्नधनवर्द्धक रहनेछन् । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । रोकिएको काम बनाउन र आर्थिक पक्षसित सम्बन्धित काम बन्नेछ । दूरदेशबाट शुभ समाचार मिल्नेछ । आँट साहस पराक्रम बढ्नेछ । चतुर्थ, पाँचौं र छैठौं दिनहरुमा घुमफिर गर्नुहुनेछ । हांसविलासमा आकर्षण बढ्नुको साथै सुख–सुविधाको वस्तु बढ्नेछ । सम्पत्ति बढ्नुको साथै साझेदारीको काम बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । धर्मकर्ममा प्रवृत्ति बढ्ला । शुभ काममा सफलता मिल्नेछ । मान–महत्व सुख सम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । रोगबाट छुटकारा मिल्नेछ । सुख–सन्तति बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सातौं दिनमा खर्चमाथि नियन्त्रण राख्नुपर्नेछ ।

मिथुन राशि – साताको प्रारम्भिक दिनमा जोखिममा नपर्नु बेस होला । त्यसपछिका चार दिनमा रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेमको क्षेत्रसित सम्बन्धित कार्यमा सफलता मिल्नुसँगै मित्रवर्गको पनि सहयोग मिल्नेछ । भएको दायित्वलाई पुरा गर्नुसँगै नयाँ दायित्व पनि प्राप्ति होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । पाँचौं र छैठौं दिनमा आर्थिक प्रगति होला । आय बढ्ला । रोकिएको धन उठ्नेछ । कार्यव्यपारमा बढोत्तरी हुनेछ । यात्रा होला । आशा उत्साह बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । धनको लगानीप्रति सचेत रहनुपर्नेछ । लापर्वाही नगरी योजना बनाइ काम गर्नु उचित रहनेछ, तथापि आरोग्यता र धन सम्पत्ति बढ्नेछ । सातौँ दिनमा मनोकूलको काम होला ।

कर्कट राशि – साताको प्रारम्भिक दिन शुभ रहला । दोस्रो र तेस्रो दिनमा जोखिममा नपर्नु हितकर रहला । चौंथो र पाँचौं दिन शुभ र सफलतादायक रहनेछन् । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । भाग्योदय होला । यात्रामा सफलता पाउनुहुनेछ । धर्म कर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । कार्यमा सफलता प्राप्त होला । बौद्धिक र रचनात्मक पक्षसित सम्बन्धित काम बन्नेछ । सुख–समृद्धि बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश बर्चश्वमा बृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त होला । छैठौं र सातौँ दिनमा आयस्रोत बढ्ला । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । धन मान सुख समृद्धि बढ्नेछ । रोकिएको काम बन्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ ।

सिंह राशि – साताको प्रारम्भिक दिनमा यात्रा होला । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मान पुरस्कार पाउनुहुनेछ । धर्मकर्ममा प्रवृत्त रहनुहुनेछ । मान पुरस्कार प्राप्त होला । आय वृद्धि होला । लगानी उठ्नेछ । यात्रा होला । आशा उत्साह बढ्नेछ । दोस्रो, तेस्रो र चौंथो दिनमा धन सम्पत्ति प्राप्ति हुने सम्भावना रहनेछ । सुख–सुविधा बढ्नेछ । छैठौं र सातौँ दिनमा विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । सातौं दिनमा कर्मपथमा अग्रसरता बढ्ला । नयाँ सफलता मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र र सन्तानको सुख मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । मान–पुरस्कार प्राप्त होला । मिठो भोजन मिल्नेछ ।

कन्या राशि – साताका प्रारम्भिक तीन दिन शुभ र सफलता कारक रहनेछन् । साझेदारीसित सम्बन्धित काम बन्नेछ । रोकिएको काम बन्नेछ । सुख सम्पति बढ्ला । मिठो भोजन मिल्नेछ र आरोग्यता बढ्ला । भाग्यवर्द्धक काम बन्नेछ । यात्रा होला । ख्याति फैलिनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । चौंथो, पाँचौं र छैठौं दिनमा भागदौड व्यस्तता रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेममा सफलता प्राप्त होला । सातौँ दिनमा जोखिममा नपर्नु हीतकर रहला ।

तुला राशि – साताको आरम्भिक दिनमा भागदौड बढ्नेछ । खेलकूद र भ्रमणमा आकर्षण बढ्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । साताका अन्य दिनहरु धन यश मान महत्ववर्द्धक रहनेछन् । आरोग्यता बढ्ला । यश बर्चश्व बढ्नेछ । सुख सम्पति बढ्नेछ । रोकिएको काम बन्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । मिठो भोजन मिल्नेछ र कार्यव्यापारमा उन्नति हुनेछ ।

वृश्चिक राशि – साताको प्रथम दिनमा शुभता बढ्ला । दोस्रो र तेस्रो दिनमा अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन । अन्य दिनहरुमा बौद्धिक र रचनात्मक कार्य बन्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । सुख सम्पति बढ्नुसँगै प्रेमको पथमा प्रगति होला । इष्टमित सन्तान सुख बढ्नेछ । मध्यतिर आरोग्यता बढ्नेछ । विजयश्री मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । अन्तिम दिनहरुमा सुख समृद्धि बढ्नेछ । साझेदारीको कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । मिठो भोजन मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

धनु राशि – साताको प्रारम्भिक दिनमा देखापरेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । सुख–शान्ति बढ्नेछ । दोस्रो र तेस्रो दिनमा अरुमाथि भर नपरी आफ्नै बल–विवेकले काम गर्नु उचित रहला । धन मान बढ्नेछ । आशा–उत्साह बढ्ला । चौंथो, पाँचौं र छैठौं दिनमा पारिवारिक सुख शान्ति बढ्नुसँगै इष्टमितसित पनि राम्रो रहनेछ । कला, साहित्य, गीतसंगीत, बौद्धिक, रचनात्मक आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । सातौं दिनमा आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । विजयश्री मिल्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ ।

मकर राशि – साताको शुरुवाती तीन दिन शुभ र सफलतादायक रहनेछन् । विकासको नयाँ सम्भावना देखापर्ला । सुख शान्ति बढ्नेछ । यात्रा होला । आँट पराक्रम बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । इष्टमित्रको सहगोग प्राप्त होला । चौंथो, पाँचौं र छैठौं दिनतिर देखापरेको समस्याको समाधान मिल्नेछ । भागदौड लागिरहला तर प्रयास र परिश्रमको मिठो फल अवश्यै मिल्नेछ । सातौँ दिनमा मान महत्व बढ्नुसंगै ख्याति फैलिनेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । मित्रमिलन हुनेछ । प्रेममा सफलता मिल्ला । सुख–शान्ति मिल्नेछ । आर्थिक र रचनात्मक कार्य पनि बन्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । लगानी बढ्ला ।

कुम्भ राशि – साताको आरम्भिक दिनमा खर्च बढ्ला । दोस्रो दिनमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित हुनेछ । यसपछिका तीन दिनमा बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सभा–समारोहमा मान पुरस्कार प्राप्त होला । यात्रामा सफलता मिल्नेछ । धन यश ऊर्जा उत्साह बढ्ला । लेखन–प्रकाशनसित सम्बन्धित काम साहसिक काम आदि क्षेत्रमा सफलता मिल्नेछ । ऐश्वर्य बढ्ला । साथीभाइको साथ मिल्नेछ । छैंठौं दिनमा आयस्रोत बढ्ला । दिनमा भागदौड लागिरहला । सम्पति बढ्नेछ । लगानी उठ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । हुनत कार्यमा सफलता मिल्ला तर बढी प्रयास र परिश्रम गर्नुपर्नेछ । सुख आनन्द ऐश्वर्य वृद्धि होला । सातौं दिनमा आरोग्यता बढ्ला ।

मीन राशि – साताको सुरुको दिन शुभ फलदायक रहला । आयस्रोत बढ्ला । दोस्रो र तेस्रो दिनमा खर्च बढ्ला । हांसविलासमा आकर्षण बढ्नेछ । अन्य दिनहरु अत्यन्तै शुभ र भाग्यवर्द्धक रहनेछन् । मान यश सुख समृद्धि बढ्नेछ । यश बर्चश्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ । आर्थिक वार्तामा सफलता मिल्ला । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ । कार्यव्यपारमा सफलता मिल्नुसंगै सुख ऐश्वर्य पनि वृद्धि होला । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्नेछ । उच्चाधिकारीहरुको सहयोग समर्थन मिल्नेछ ।